गलफ्रेन्ड भेट्न शालिकरामको छुट्टै भाडामा कोठा!

title
आइतवार, भदौ ८, २०७६

काठमाडौं । चितवनको एक होटलमा झुन्डिएको अवस्थामा मृत भेटिएका पत्रकार शालिकराम पुडासैनीले गर्लफ्रेन्डसँग भेट्न छुट्टै कोठा लिएको नयाँ तथ्य भेटिएको छ । श्रीमती सम्झना घिमिरेसँग बालाजु माछापोखरीमा कोठा लिएर बस्ने पुडासैनीले फुर्सदको समयमा भने प्रेमिकालाई भेट्न टोखा नगरपालिका ११ महादेवटारकी गोमा न्यौपानेको घरमा कोठा भाडामा लिएको फेला परेको छ ।

पुडासैनीको कोठाबाट पुडासैनी र उनकी प्रेमिकाको फोटोसहित केही कागजात बरामद गरेको महानगरीय प्रहरी परिसरको टोलीले जानकारी दिएको छ । यो खबर आजको नागरिक दैनिकमा छ।

पुडासैनीले एकजना केटीसँग खिचेको फोटो, लालपुर्जा, शेयर प्रमाणपत्र, सुन किनेको बिललगायत सामग्री बराम गरेको वडाध्यक्ष उत्तम अधिकारीले जानकारी दिए। प्रहरीले उक्त फोटो पुडासैनीले आरोप लगाएकी अस्मिता कार्कीको हो या अन्य कसैको हो, खुलाएको छैन् ।