बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकले विद्यार्थीको खुट्टा भाँचिदिए

title
आइतवार, भदौ ८, २०७६

भद्रपुर– शिक्षकलाई बाथरुमको पानी खुवाएको निहुँमा शिक्षकले एक विद्यार्थीको खुट्टा भाँचिदिएका छन् । झापाको बिर्तामोडमा सञ्चालित एभरेस्ट स्मार्ट स्कुलका शिक्षकको कुटाइबाट बिर्तामोड नगरपालिका वडा नम्बर ६ मा सञ्चालित एभरेस्ट स्मार्ट एजुकेसन एकेडेमीका शिक्षक पंकज प्रधानले कुटपिट गर्दा सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत विद्यार्थी कुनाल गट्टानीको खुट्टा भाँचिएको हो ।

शिक्षकले घाँटीमा समातेर बेञ्चमा पछार्दा खुट्टा भाँचिएको पीडित विद्यार्थीले बताएका छन् । यो खबर आजको नेपाल समाचारपत्रमा छापीएको छ ।