रविको थुनछेक बहस जारी : बहसबाट लाग्नेछ थुनामा बस्ने, धरौटीमा रिहाहुने वा साधारण तारेखको टुंगो

title
आइतवार, भदौ ८, २०७६

चितवन । हिरासतमा रहेका टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई प्रहरीले आज अदालतमा पेश गरेको छ। प्रहरीको हिरासतमा रहेका उनका विषयमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गरिसकेकाले उनलाई थुनामै राखेर मुद्दा लड्ने वा धरौटी वा साधारणा तारेखमा छोड्ने भन्ने टु‌ग्याउन थुछेक बहस चलिरहेको छ।

अदालतले दोस्रोपटक दिएको ५ दिनको म्याद हिजो नै पूरा भएपनि सार्वजनिक विदा भएकाले आज अदालत पेश गर्न लागेको हो। न्यूज २४ स्थित कार्यालयमा रहेको बेला लामिछानेलाई शालिकराम पुडासैनी प्रकरणमा अनुसन्धान गर्न भन्दै चितवन प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणयता रवि समर्थकले सडक आन्दोलन मार्फत दवाव दिएपनि प्रहरीले दुई पटक पाँच पाँच दिनको समय थप्दै अनुसन्धान जारी राखेको थियो। अनुसन्धानमा मृत्युअघिको शालिकरामको भिडियो, रुकु भनिने अस्मीता कार्कीको बयान र शालिकरामसँग निकट व्यक्तिहरुले दिएको बयानका आधारमा दवी दोषी रहेको भन्दै प्रहरीले रिपोर्छ बुझाएको छ।

त्यही रिपोर्टलाई आधार मानेर सरकारी वकिलको कार्यालयले मुद्दा दायर गरेको हो। मुद्दा दायर भइसकेपछि रविको मुद्दा प्रहरीको आतबाट अव अदालतमा पुगेको छ। अदालतमा जारी थुनछ‍ेक बहसले रविलाई थुनामै राखेर अनुसन्धानसँगै मुद्दा लड्ने, धरौटीमा रिहा हुने वा साधारण तारेखमा रिहा हुने विषयको टुंगो लाग्ने छ।

त्यसबाहेक रविलाई लगाइएको अभियोमा दोषी हुने वा सफाइ पाउने विषयमा भने अदालत प्रक्रिया अनुसार अन्तिम फैसला कुर्नुपर्ने छ।