आज मुलुकभर मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुने सम्भावना

title
आइतवार, भदौ ८, २०७६

काठमाण्डौ । आज देशभरको मौसम बदली भएर अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुको प्रभाव र मौसमी न्यूनचापीय रेखा औसतभन्दा थोरै माथि भएकाले वर्षाको सम्भावना भएको मौसमविदले जानकारी दिएका छन् ।

आज दिउँसो देशको पूर्वी, मध्य र सुदूरपश्चिमका केही ठाउँमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको र अन्य ठाउँमा पनि सामान्य वर्षा हुने सम्भावना रहेको मौसमविद्ले जानकारी दिएका छन् । यस्तै, आइतबार राति मध्य र सुदूरपश्चिमका केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ ।