सिंगापुर जान लागेका एनआरएन अध्यक्ष भट्टलाई जहाजले निकाल्यो

title
आइतवार, भदौ ८, २०७६

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभको कामना गर्न सिंगापुर जान लागेका गैर आवासीय नेपाली संघका एनआरएन अध्यक्ष भवन भट्टलाई सिल्क एयरले जहाजबाट निश्काशित गरेको छ । बोर्डिङ पास समेत लिएर जहाजको सिटमा बसेको बेला भट्ट र सँगै रहेका सनत न्यौपानेलाई जहाजका कर्मचारीले बाहिर निकालेका हुन् ।

रक्सी पिएर जहाजमा बसेकाले उनीहरुलाई निकालिएको स्रोतको भनाइ छ । उनीहरू शनिबार पौने १० बजे त्रिभूवन विमानस्थलबाट सिङ्गापुर उड्ने तयारीमा रहेका थिए ।

जहाजको सिटमा बसिसकेको यात्रुलाई ओरालेर एयरलाइन्सका कर्मचारीले आफूहरुको बेइज्जत गरेको उनीहरुको आरोप छ ।