निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित

title
आइतवार, भदौ ८, २०७६

काठमाडौ । संविधानले व्यवस्था गरेको निःशुल्क आधारभुत स्वास्थ्य सेवावाट महिलाहरु वञ्चित रहेको भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् ।

महिला कानुन तथा विकास मञ्चले आज(आईतवार) काठमाडौमा आयोजना गरेको संचारकर्मीहरुसँगको अन्तक्र्रियामा उनीहरुले आधारभुत स्वास्थ्य सेवावाट महिलाहरुलाई वञ्चित नगर्न सरकारको ध्यानाकर्षण समेत गरे ।

मञ्चका कार्यकारी निर्देशक एवं अधिवक्ता सविन श्रेष्ठले गर्भवती, सुत्केरी सेवा तथा परिवार नियोजनलाई आधारभुत र निःशुल्क रुपमा संविधानले व्यवस्था गरे पनि लागु नभएको बताउनुभयो ।
उनले शहरी क्षेत्रको तुलनामा दुर्गम क्षेत्रमा चिकित्सक र प्रविधिको अभावले गर्भवती महिलाहरुको मृत्यु दर बढी रहेको धारणा राखे ।

कार्यक्रममा सरोकारवालाहरुले सबै तहका सरकारले संविधानले मौलिक हकका रुपमा व्यवस्था गरेको निःशुल्क स्वास्य सेवाहरुलाई कार्यान्वयनमा ल्याउनुपर्नेमा जोड दिएका थिए ।