सामाजिक सुरक्षा योजना कार्यान्वनयमा रोजगारदाताको सहयोग गरेनन् : मन्त्री गोकर्ण विष्ट

title
आइतवार, भदौ ८, २०७६

काठमाडै । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले रोजगारदाताहरुको असहयोगले सामाजिक सुरक्षा योजना कार्यान्वनयमा समस्या भएको गुनासो गरेका छन ।

संयुक्त टे«ड यूनियन समन्वय केन्द्रले आज(आईतवार) ललितपुरमा गरेको कार्यक्रममा बोल्दै मन्त्री विष्टले रोजगारदाताका प्रतिष्ठान नै सामाजिक सुरक्षा योजनाको सुचिकरणमा आवद्ध नभएको बताए ।

रोजगारदाता वा श्रमिकले मानेनन् वा प्रविधिमैत्री भएन भन्ने टिप्पणी वहाना मात्रै भएको भन्दै उनले नेताहरुद्धारा संञ्चालित प्रतिष्ठान सूचिकरण नहुनुले नै कानुन कार्यान्वनमा समस्या श्रृजना भएको दाबी गरे । लिखित प्रतिवद्धता जनाएर पनि सामाजिक सुरक्षा सुचिकरणमा नगएका प्रतिष्ठानका प्रतिवद्धता नै सार्वजनिक गर्ने तयारी पनि भईरहेको उनले जानकारी दिए ।

सरकारले औद्योगिक क्षेत्रहरुमा कर्मचारी नै परिचालन गरि सबैको सामाजिक सुरक्षा योजनामा सुचिकरण गर्ने काम गरिने उनले बताए । ऐन बनेको एक बर्ष सम्म पनि श्रमिकहरुले सामाजिक सुरक्षा योजनाबारे जानकार नरहेको भन्दै उनले योजनाको फाईदाबारे जानकारी गराउनुपर्ने आवश्कता औल्याए ।

सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कपिलमणी ज्ञवालीले सामाजिक सुरक्षा योजना अन्तर्गत श्रमिकको औषधी उपचार तथा स्वास्थ्य सुविधा, मातृत्व सुरक्षा सुविधा, वृद्ध अवस्था सुरक्षा सुविधा , दुर्घटना तथा अशक्तता सुरक्षा सुविधा , आश्रित परिवार सुरक्षा लगायत योजनाहरु रहेको उल्लेख गर्दै सबैलाई सुचिकृत हुन आग्रह गरेका छन ।