सवारी नम्बरप्लेटमा एकरुपता छैन

title
आइतवार, भदौ ८, २०७६

काठमाडौँ–हाल उपत्यकाको सडकमा लाखौँको हाराहारीमा सवारीहरु गुड्छन् ।

जसको नम्बरप्लेटहरुमा एकरुपता पाईदैन । कहिले एम्बेस्ड नम्बरप्लेट त कहिले प्रदेश अंकित गरी सवारी नम्बरप्लेट निकाल्दा यस्तो अवस्था सृजना भएको हो । जसको समाधानको रुपमा वितरण गरिने भनिएको इम्बेस्ड नम्बर प्लेट समेत कार्यान्वयनमा ल्याउन सकिएको छैन ।

‘सर्वोच्च अदालतमा बिचाराधिन अवस्थामा यातायात व्यवस्था ऐनको अनुसुची २मा भए अनुसार नम्बरप्लेटलाई सार्वजनीक, निजी, संस्थागत, कुटनैतिक नियोगका सवारी साधन र पर्यटक सवारी साधन लगायत ६ प्रकारका सवारी नम्बरप्लेटहरु राखिएका छन् ।’ महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख बसन्त कुममार पन्तले बताए ।

पन्तका अनुसार, – ‘हाल नेपाल राजपत्रमा सुचना प्रकाशित भएर प्रदेशको आधारमा पनि नम्बरप्लेटहरु वितरण गर्ने गरिएको छ । जसबाट सर्वसाधारणलाई त स्रमस्या भएकौ छ ट्राफिक प्रहरीलाई समेत झट्टै नम्बर किटान गर्न सकिने अवस्था छैन ।’ जसले सडक व्यवस्थापनमा समेत समस्या आएको ट्राफिक प्रहरीको गुनासो छ ।

सडक एवं सवारी व्यवस्थापनका लागि वितरण गरिएका एम्बोस्ड नम्बर प्लेटलाई ४ थरी अर्थात सरकारी, निजी, भाडाको र कुटनैतिक बनाउने सरकारको निती भए पनि पुर्ण रुपमा कार्यान्वयनमा ल्याउन भने सकिएको अवस्था छैन । ‘हाल सम्म पनि सवारी साधनलाई एम्बोस्ड नम्बर प्लेट वितरण गर्ने वा नगर्ने भन्ने विषय सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा नै रहेको छ ।’ यातायात व्यवस्था विभागका निर्देशक बन्धुप्रसाद बास्तोलाले बताए ।

सवारी नम्बरप्लेतहरुमा एकरुपता नहुँदा कुनै दुर्घटना भईहालेमा पनि दोषीलाई सहजै समात्न मुस्किल छ । त्यसर्थ एम्बोस्ड नम्बरप्लेट हालको अत्याधुनिक प्रविधिदूारा प्रयोगमा ल्याईने हुँदा यो प्रविधिलाई कार्यान्वयनमा ल्याउन सके यसमा रहेका विशेषताहरुले सवारीका साथै सडक व्यवस्थापनमा समेत सहज हुनेछ ।