भिडियो कन्फरेसन्समा मन्त्रिपरिषद बैठक : सुरक्षा संवेदनशीलतामा खेलबाड गरेको भन्दै प्रतिपक्षी कांग्रेसले उठायो प्रश्न

title
बुधबार, भदौ ११, २०७६

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद्को बैठक सञ्चालन गरेर सरकारले प्रविधिको चरम दुरुपयोग गरेको आरोप लगाएको छ। प्रतिनिधिसभाको मंगलबारको बैठकमा विरोध जनाउँदै कांग्रेसका सांसदहरुले मन्त्रिपरिषद् सञ्चालनको कार्यविधिमाथि नै सरकारले खेलवाड गरेको आरोप लगाए।

बैठकमा कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले कार्यबाहक तोकेर बिदेश भ्रमणमा जादा विदेशबाटै मन्त्रिपरिषद्को अध्यक्षता गर्ने कार्य उचित नभएको बताए। खाँणले सभामुख नेपालमा नहुँदा भिडियो कन्फरेन्सबाट प्रतिनिधिसभा बैठक चल्न सक्छ वा सक्दैन भनेर प्रश्न पनि गरे।

उनले सरकारको कदम अस्वभाविक रहेको भन्दै मन्त्रिपरिषद् सञ्चालनको कार्यविधि बदलिएर भिडियो कन्फरेन्सबाट बैठक चलाउने निर्णयलाई परिवर्तन गरेर पहिलेकै अवस्थामा ल्याउन मागसमेतगरे। भिडियो कन्फरेन्सबाट मन्त्रिपरिषद् बैठक चलाउदा सुरक्षाको संवेदनशिलताको खतरा रहेको उनको भनाई छ।

उनले अर्को मन्त्रिपरिषद् बैठकपनि भिडियो कन्फरेन्सबाट सञ्चालन भए कांग्रेस चूप लागेर नबस्ने चेतावनी दिए। सोमबार मन्त्रिपरिषद बैठकमा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फरेन्स मार्फत अध्यक्षतामा गरेका थिए।

प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्री कार्यवाहक तोकेर पनि विश्वास नगरी आफै अध्यक्षता गरेर भिडियो कन्फरेन्समा बैठङ्क डाक्नुले मन्त्रिपरिसषद भित्रै विश्वासको संकट देखिएको भन्दै प्रश्नसमेत उठकएको थियो।

प्रधानमन्त्रीको सचिवालयले भने भिडियो कन्फ्रेन्समार्फत भएको दोहोरो संवादमा कुनै सुरक्षा चुनौती नरहेको दाबी गरेको छ। प्रधानमन्त्री कार्यालयका सूचना प्रविधि सल्लाहकार अस्कर अलिले सामाजिक सञ्जालमार्फत कुनै गोप्य सूचनाको चुहावट हुने गरी आफूहरुले काम नगरेको दाबी गरेका छन्।

तर, सूचनाप्रविधि विज्ञहरुले भने अलिलेदावी गरेजस्तो डाटा सेक्युरिटी नअपनाएको दावी गरेका छन्।