सगरमाथा अञ्चल अस्पताल गजेन्द्रनारायण सिंह हुँदै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान : अव संघीय सरकार मारतहत

सगरमाथा अञ्चल अस्पताल  गजेन्द्रनारायण सिंह हुँदै रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान  : अव संघीय सरकार मारतहत
बिहिबार, भदौ १२, २०७६

राजविराज- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई सङ्घीय सरकार मातहत ल्याउने निर्णय गरेको छ। सगरमाथा अञ्चनल अस्पताललाई केही वर्ष अघिमात्र गजेन्द्र नारायण सिंह अस्पताल बनाउने निर्णय मन्त्रीपरिषदबाटै भएको थियो।

मन्त्रीपरिषदको निर्णयमा विरोध भएपछि गजेन्द्र नारायणसिंह सगरमाथा अञ्चल अस्पता नामाकरण भएको थियो। अहिले संघीय सरकरको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई रामराजाप्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठान अन्तर्गत ल्याउने र प्रदेशको नभएर संघीय सरकारको मातहतमा राख्ने निर्णय गरेको हो।

मन्त्रिपरिषद्को विसं २०७५ पुस २३ गतेको बैठकले राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थापना गर्ने र गजेन्द्रनारायण अस्पताललाई प्रतिष्ठानमा रूपान्तरण गर्ने निर्णय गरेको थियो।

प्रतिष्ठानका लागि नौ अर्बको लगानीमा भौतिक पूर्वाधार निर्माण हुनलागेको मन्त्रालयले जनाएको छ। राजविराज नगरपालिकाले वडा नम्बर-१० स्थित विरौलचोकमा प्रतिष्ठानका लागि ६२ बिघा जमीन उपलब्ध गराएको छ।

यसैबीच, मन्त्रालयले स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सुशीलनाथ प्याकुरेलको पदावधि एक वर्ष थप गर्न मन्त्रिपरिषद्मा प्रस्ताव गरेको छ।

स्वास्थ्य सेवातर्फका १२ औं तहमा कार्यरत डा प्याकुरेलले यही भदौ २२ गतेदेखि अनिवार्य अवकाश प्राप्त गर्दैछन्। उनको पदावधि थप गर्दा अन्य कर्मचारीको वृद्धि विकासमा असर नपुग्ने भन्दै मन्त्रालयले स्वास्थ्य सेवा ऐनअनुसार उनको पदावधि थप गर्न प्रस्ताव गरेको जनाएको छ।