आफैं असुरक्षित छन् नेपालका कारागार, पछिल्ला घटनामा ५ जनाको मृत्यु, २९ घाइते

आफैं असुरक्षित छन् नेपालका कारागार, पछिल्ला घटनामा ५ जनाको मृत्यु, २९ घाइते
बिहिबार, भदौ १२, २०७६

काठमाडौं । २०७६ साउन १७ गते, ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप हुादा एक जनाको मृत्यु भयो । मध्य दिउासो कारागार भित्र रहेका दुई पक्षविच कुरा नमिलेपछि भएको झडपमा कैदी पूर्णबहादुर राजीको ज्यान गयो ।

पछिल्लो समय घटेको यो घटना त प्रतिनिधिमुलक उदाहारण मात्र हो । यस्ता घटना देशका विभिन्न कारागारमा पटक–पटक दोहोरिएका छन् । पप्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार, कारागार भित्र भएको झडपमा परि २०६७ यता पााच जनाको मृत्यु भएको छ भने २९ जना घाइते बनेका छन् ।

कहिले कसको मृत्यु ?
– २०६७ भदौ १७ गते, कपिलबस्तु कारागारमा झडप हुँदा थुुनुवा बिनोद कुमार पाठकको मृत्यु
– २०६८ पुस १ गते, चितवन कारागारमा झडप हुँदा थुनुवा शिबप्रसाद पौडेलको मृत्यु
– २०६९ पुष १० गते, काठमाडौंको नख्खु कारागारमा श्री नेपालको मृत्यु
– २०७३ माघ १७ गते, पर्सा जिल्ला कारागारमा राजुबाबु बानियाको मृत्यु
– २०७६ साउन १७ गते, नख्खु कारागार, पूर्णबहादुर राजीको मृत्यु

प्रहरीको तथ्याङ्क अनुसार, पछिल्लो ८ बर्षमा २९ जना कैदिबन्दी कारागारभित्र घाइते भएका छन् । त्यसमध्य सबैभन्दा बढी ८ जना पर्वत कारागारका कैदिबन्दी छन् । त्यस्तै चितवन कारागारमा ४ जना, कास्कि कारागारमा ६ जना, पाल्पा र दाङ कारागारमा ५/५ जना घाइते भएका छन् ।

कारागारमा झडपका घटना भएको कुरा कारागार व्यवस्थापन विभागका निर्देशक बासुदेव घिमिर पनि स्वीकार्छन् । उनि भन्छन् – अहिले देशभरका कारागारलाई क्षमता भन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ । यता प्रहरीका अनुसार पनि क्षेमता भन्दा कैदीबन्दीको संख्या बढी हुँदा समस्या थपिएको छ । प्रहरी प्रवक्ता डिआइजी विशवराज पोखरेल भन्छन् – कारागारको भौतिक पूर्वाधारको अवस्थाका कारण पनि थप समस्या आइरहेको छ ।

क्षमता १५ हजार कैदीबन्दी २१ हजार
अहिले देशभरका कारागारमा कुल १५ हजार ४ सय ६६ जना कैदिबन्दी राख्ने क्षमता छ । जसमा २१ हजार ५ सय ७७ जना कैदिबन्दि रहेका छन् । कारागार व्यवस्थापन विभागको तथ्याङ्क अनुसार, संखुवासभा, खोटाङ, रामेछाप, काभ्रेपलाञ्चोक, रसुवा, पर्सा, पाल्पा, दैलेख, जुम्ला, अछाम, वैतडि र डडेल्धुरा लगायतका १२ जिल्ला बाहेकका ६५ जिल्लामा क्षमताभन्दा बढि मात्रामा कैदिबन्दी छन् । यसले पनि थप समस्या निम्त्याईरहेको छ ।

भनिरहनु पर्दैन अहिले देशभरका कारागारालाई क्षमता भन्दा कैदी बढी राख्नुपर्ने बाध्यता छ । प्रहरीका अनुसार पनि कारागारको दुरावस्थाका कारण पनि सुरक्षामा कठिनाई भएको हो । तर, यसो भन्दैमा सुरक्षा निकाय र कारागार प्रशासनको लापर्वाही भएको छैन चाहीं भन्न मिल्दैन । हुनपनि घटना श्रृङ्खलाबद्ध रुपमा घटेको छ, सुरक्षामा कमजोरी भएको पनि सवैलाई थाहा छ, घटनाबारे प्रतिवेदन पनि निस्कन्छ, अव सुरक्षामा नचुक्ने प्रतिबद्धता पनि दोहोरिन्छ तरपनि समस्या भने बढिरहेको छ । यो विषयमा अनुसन्धान गरि चाँडो भन्दा चाँडो समस्याको निकास खोज्नुपर्छ ।