पहिलो जापान उडानमा पर्यटन राज्यमन्त्रीसहित ४९ जनाको जम्बो सरकारी टोली : २७४ सिटे वाइड-बडीमा ८५ मात्र यात्रु

पहिलो जापान उडानमा पर्यटन राज्यमन्त्रीसहित ४९ जनाको जम्बो सरकारी टोली : २७४ सिटे वाइड-बडीमा ८५ मात्र यात्रु
बिहिबार, भदौ १२, २०७६

काठमाडौं- नेपाल वायुसेवा निगमले आज देखि जापान उडान सुरु गरेको छ। विगतमा उडानकाे मिति तय भएर पनि रोकिएको निगमकाे वाइड-बडी विमान आज २ः३० बजे जापानका लागि उडेको हो।

१२ वर्ष अघिसम्म नेपालबाट जापानको उठान हुने भएपिन सिधा उडान हुँदैनथ्यो । सिधा उडानका हिसावले आजको विमान नै जापानका लागि पहिलो सिधा उडान हो।

युरोपेली जहाज निर्माता कम्पनी एयरबसमा निर्मित २ सय ७४ सिट क्षमता भएको ‘ए ३३०-२००’ सिरिजको जहाज बिहीबार बिहान साढे २ बजे जापानको ओशाकाका लागि उडेको छ।

निगमका अनुसार २७४ सिट क्षेमताको उडानमा ८५ यात्रु तथा पर्यटन राज्यमन्त्री धनबहादुर बुढासहित सरकारी कर्मचारी, व्यवसायी गरी थप ४९ जना पनि सवार छन्। जापानबाट काठमाडौ आउनका लागि भने ७० यात्रुले टिकट लिइएका छन्।

निगमका वरिष्ठ क्याप्टेनहरू महेश्वरमान डङ्गोल र श्रवण रिजालले जापानका लागि पहिलो उडान भरेका छन्। जापानबाट फर्कनका लागि क्याप्टेन विजय लामा र इयान ग्राहम डेभिसको टोली तयार भएर बसेको छ।

निगमले आगामी एक महिनाका लािग ओशाकाको लागि एकतर्फी प्रतियात्रु ३७ हजार र दुईतर्फी ७२ हजार ८ सय १४ रुपैयाँ भाडा दर तोकेको छ। ओशाका लागि मंगलबार, बिहीबार र शनिबार गरि तीनवटा उडान हुने तालिका बनेको छ।

काठमाडौं-ओशाका उडानका लागि साढे ६ घण्टा र ओसाका-काठमाडौं ७ घण्टा ‘नन्स्टप’ उडान हुने  बताइएको छ।

सन् १९९४ देखि २००७ सम्म निगमले १ सय ९० सिट क्षमतायुक्त ‘बि ७५७-२००’ जहाजबाट चीनको साङ्घाइलाई ट्रान्जिट बनाएर ओशाका उडान गरेको थियो। तर, निगम व्यवस्थापनसहितका समस्याले सन २००७ यता जापान उडान बन्द भएको थियो।