कश्मिरका स्थानीयलाई भारतीय सेनाले कुटपिट गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमको आरोप

title
शुक्रबार, भदौ १३, २०७६

एजेन्सी । जम्मु कश्मिरमा स्थानीय मानिसहरुलाई भारतीय सेनाले कुटपिट गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले बताएका छन । भारत सरकार विरुद्ध अवाज उठाएको भन्दै स्थानीयलाई भारतीय सेनाले कुटपिट गरेको बिबिसीले जनाएको हो ।

कश्मिरको दक्षिणी क्षेत्रमा रहेका गाँउका स्थानीयले आफ्नो शरीरमा लागेको चोट देखाउदै भारतीय सेनाबाट यातना पाएको बताएका हुन् । उनीहरुलाई भारतीय सेनाले लठ्ठीले हान्ने, तारले पीट्ने र विद्युतको झट्का समेत दिने गरेको जनाईएको छ ।

भारतीय सुरक्षा अधिकारीले भने यो आरोप आधारहिन भएको बताएका छन् । भारतीय सेनाका प्रवक्ता कर्नेल अमन आनन्दले कश्मिरका स्थानीयहरुप्रति त्यस्तो अभद्र ब्यवहार नगरेको बताएका छन ।

गत अगस्ट ५ मा भारत सरकारले संविधानको धारा ३७० ले कश्मिर क्षेत्रलाई दिएको विशेष अधिकार खारेज गरेपछि सुरु भएको प्रतिबन्ध हालसम्म जारी छ ।