साफ यू–१५ च्याम्पियनसिपको उपाधिका लागि नेपाल र भारत खेल्दै

title
शनिबार, भदौ १४, २०७६

एजेन्सी । पन्ध्र बर्ष मुनिको साफ च्याम्पियनसिप फुटवलको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुदैछ ।

कोलकत्तास्थित कल्याणीमा हुने पाँचौ संस्करणको फाईनल प्रतियोगीता दिउँसो ३ बजे सुरु हुनेछ । पाँच राष्ट्र सम्मिलित प्रतियोगिताको दोस्रो स्थानमा रहदै नेपाल फाईनल पुगेको हो ।

अघिल्ला दुई संस्करणमा उपाधि नजिक पुगेको नेपाल फाइनलमा भारतसँगै पराजित भएको थियो । नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले नेपाल उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रने बताएका छन् ।

बलियो भारतलाई उसैको मैदानमा रोक्न नेपाललाई कठिन हुनेछ । जारी प्रतियोगितामा भारतले शतप्रतिशत जित निकालेको छ । प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि नेपालले श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेको हो ।

सन् २०१३ र २०१७ मा नेपाललाई फाइनलमा हराएको भारतले जारी प्रतियोगीतामा भुटान, श्रीलंका र अन्तिम खेलमा साविक विजेता बंगलादेशलाई पराजित गरेको हो ।