साफ यू–१५ मा नेपालमाथि भारतको गोलको वर्षा

भारतको ७, नेपाल शुन्य

title
शनिबार, भदौ १४, २०७६

काठमाडौं–नेपाललाई पराजित गर्दै आयोजक भारतले पाचौं संस्करणको साफ यू–१५ फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।

कोलकातास्थित कल्याणीमा आज (शनिबार) भएको फाइनल खेलमा भारतले नेपाललाई ७–० गोल अन्तरले पराजित गरेको हो । भारतको उपाधि यात्रामा सिद्वार्थले ह्याट्रिक गरे । यस्तै, महेसन सिंह, मनन्दित माकेस, शिवजित सिंह हिमांश जंग्राले एक एक गोल गरे ।

प्रतियोगिताको उद्घाटन खेलमा नेपाललाई भारतले ५–० गोल अन्तरले पराजित गरेको थियो । त्यसपछि नेपालले श्रीलंका, बंगलादेश र भुटानलाई हराउँदै फाइनल यात्रा तय गरेको थियो ।

सन् २०१३ र २०१७ मा नेपाललाई फाइनलमा हराएको भारतले जारी प्रतियोगीतामा भुटान, श्रीलंका र अन्तिम खेलमा साविक विजेता बंगलादेशलाई पराजित गरेको हो ।