पीनले अनुहार छोपेर गरिएको ‘क्याटवक’

title
शनिबार, भदौ १४, २०७६

मान्छेका रहर पनि कस्ता कस्ता । जहाँ आफ्ना रहर पूरा गर्न जुनसुकै दुःख कष्टको पनि ख्यालै नहुने ।

जापानमा भएको एक फेसन शो मा मोडेलहरु अनौठो शैलीमा प्रस्तुत भए । टोकियोमा चलेको फेसन सप्ताहमा एउटा यस्तो प्रदर्शन देखियो जहाँ सुन्दरीहरुले सेफ्टी पीनले अनुहार छोपेर क्याटवक गरेका थिए ।

यो फेसियल ज्वेलरी डिजाइनर केसुकी इमाजाकीको सिर्जना थियो र उनले यो पहिरन सन् २०१६ को ग्रिष्म तथा वर्षायामका लागि डिजाइन गरेका थिए ।

हेर्नुहोस, पीनले अनुहार छोपेर गरिएको क्याटवकको दृश्य