अनाथ बालबालिकालाई सहयोग गर्न युरोपमा कन्सर्ट

अनाथ बालबालिकालाई सहयोग गर्न युरोपमा कन्सर्ट
शनिबार, भदौ १४, २०७६

काठमाडौं- सुन्दर र शान्त बाल कल्याणकारी संस्था (पिस एण्ड बिउटिउटिफुल चिल्ड्रेन वेलफेयर) ललितपुरले अनाथ बालबालिकाको सहयोगार्थ नेपाली सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ ।

‘पिस एण्ड युनिटी अ म्युजिकल टुर २०१९’ नाम दिइएको उक्त कार्यक्रम आगामी असोज २७ गते देखि २०७६ कार्तिक ७ गते सम्म युरोपको डेनमार्क, बेल्जियम र पोर्चुगलमा आयोजना हुनेछ ।

कार्यक्रममा गायक सुगम पोखरेल, गायिका तृष्णा गुरुङ र नायिका वर्षा राउत सहभागी हुँदैछन् । देशमा रहेका निमुखा तथा असहाय बालबालिकाहरूको आधारभूत आवश्यकता पुरा गरी उनीहरूको शिक्षा दिक्षामा सहयोग गरी भविष्यमा सक्षम नागरिक बनाउन सहयोग पुर्‍याउने उद्देश्यले संस्थाले उक्त कार्यक्रम आयोजना गर्न लागेको हो ।

संस्थामा आबद्ध बालबालिकाहरूको उज्ज्वल भविष्यको लागी यस कार्यक्रमले निकै ठुलो योगदान पुर्‍याउने आयोजकको विश्वास छ।