डुङ्गा दुर्घटनामा २५ को मृत्यु, नौ व्यक्ति बेपत्ता

title
मङ्लबार, भदौ १७, २०७६

सिन्ह्वा । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ ।

यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो ।

बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ । स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताउनुभएको छ ।

सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताउनु भएको छ । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ ।