लामो समय सुत्ने प्रतियोगिता काठमाडौँमा गर्ने तयारी

लामो समय सुत्ने प्रतियोगिता काठमाडौँमा गर्ने तयारी
मङ्लबार, भदौ १७, २०७६

काठमाडौँ । लामो समय सुत्नु स्वास्थ्यका लागि समेत लाभादायी हुने विषय बेलाबेलामा अनुसन्धान हुँदै आएको छ । अनुसन्धानमा लामो समय सुत्दा स्वास्थ्यमा समस्या हुने विषय विभिन्न अध्ययनहरुले समेत देखाएका छन् ।

यस्तोमा काठमाडौँमा समेत धेरै सुत्नेहरुका बिचमा प्रतियोगिता गर्न लागि एक गैरसरकारी संस्थाले अध्ययन शुरु गरेको छ । सात दिन सात रात लामो समय सुत्ने प्रतियोगिता आयोजना गर्ने विषयमा अध्ययन गरिरहेको उक्त संस्थाले जानकारी दिएको छ ।

एकसाता लामो समयसम्म सुत्न सक्ने मानिसको स्वास्थ्य अबस्था बुझ्नका लागि उक्त संस्थाले यस्तो प्रतियोगिता गर्न लागेको जनाइएको छ । कुन स्थान र कहिले प्रतियोगिताको आयोजना गर्ने भन्ने विषयमा संस्थाले अहिले जानकारी नगराउने तर सुझाव सल्लाहअनुसार प्रतियोगिता गर्ने वा नगर्ने निर्णय गर्ने उक्त संस्थाले जानकारी दिएको छ ।

सुत्ने प्रतियोगिता कहिले र कुन स्थानमा गर्ने भन्ने टङ्गो लागिनसकेको भएपनि उक्त गैरसरकारी संस्थाले धेरै व्यक्तिको चासो रहेको पाइएको बताएको छ । प्रतियोगीको चासोअनुसार समय निर्धारण्न गर्ने संस्थाले बताएको छ । नेपालमा प्रतियोगिता सफल भए सार्क मुलुकहरुका नागरिकका बिचमा समेत प्रतिस्पर्धा गराउने तयारी समेत भइरहेको संस्थाका प्रतिनिधिले बताए ।

ती प्रतिनिधिका अनुसार गम्भिर समीक्षामा रहेको र प्रतियोगिताका बारेमा आउने सल्लाह सुझावअनुसार प्रतियोगिताको मिति समय र स्थान निर्धारण गर्ने सोँचमा रहेको उक्त संस्थाले जनाएको छ ।