पेस्तोल बोकेको भन्दै एक युवालाई प्रहरीले गोली ठोक्यो : घाइतेको उपचार हुँदै

पेस्तोल बोकेको भन्दै एक युवालाई प्रहरीले गोली ठोक्यो : घाइतेको उपचार हुँदै
बुधबार, भदौ १८, २०७६

वीरगञ्ज-  वीरगञ्जमा हतियार बोकेर युवालाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । उनको साथबाठ पेस्तोल र गोली गठ्ठा बरामद भएको छ।

वीरगञ्ज-१३ राधेमाइमा चेकजाँच गर्ने क्रममा रामगढवाका २६ वर्षका सन्तोष दास तत्मालाई पर्सा प्रहरीले पक्राउ गरेको हो। प्रहरी भाग्न खोजेका कारण  पक्राउ गर्न गोली चलाउनु परेको जनाएको छ।

पर्साका प्रहरी उपरीक्षक सोमेन्द्र सिंह राठोरका अनुसार प्रहरीले चलाएको गोली दासको खुट्टामा लागेको छ र उनको नारायणी अस्पतालमा उपचार भइरहेको छ।