बार्षिक २ अर्व हिनामिना : नेपालमा मौलाउँदै अबैध हुण्डी कारोबार

title
बुधबार, भदौ १८, २०७६

गजेन्द्र बस्नेत
काठमाडौं-
  साउन तोस्रो साता जिल्ला प्रहरी कार्यालय पर्साले ८ जना हुण्डी कारोबारी विरुद्ध करिव सभा अर्व माग दाबी गर्दै मुद्दा दायर गर्‍यो।

त्यस अघि पुस अन्तिम साता प्रहरीले विराटनगर स्थित आस्था नेपाल बहुउद्देश्य सहकारी संस्थामा आवद्ध तीन जनालाई हुण्डी कारोबारको आरोपमा ५९ लाख ७ हजार ६ सय रुपैयाँ रकमसहित पक्राउ गरेको थियो। त्यस अघि पुस ९ महिनामै प्रहरीको महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोडबाट पनि ३५ लाख रकम सहित २ जनालाई हुण्डी कारोवारको आरोपमा पक्रिएको थियो।

यी त पछिल्लो समय देखिएका केही प्रतिनिधीमुलक उदाहारण मात्र हुन्। महानगरीय अपराध महाशाखाले मात्र पछिल्लो ३ बर्षको अवधिमा ४२ वटा हुण्डीकै घटनामा ५४ जनालाई पक्राउ गरिसकेको छ। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सहकुल थापाका अनुसार, हुन्डी कारोबारमा सहकारी देखि ट्राभल एजेन्सी खोलेर बसेकासम्म संलग्न भेटिएका छन्।

राजस्व अनुसन्धान विभागका अनुसार गएको आर्थिक वर्षमा विदेशी विनिमय अपचलनका ७६ वटा मुद्दा विभागमा दर्ता भएका थिए। चालु आर्थिक वर्षको पुस मसान्तसम्म मात्रै पनि ४५ वटा मुद्दा दर्ता भइसकेका छन्।

राष्ट्र बैंकले २०७४ सालमा गरेको अनौपचारिक अध्ययनअनुसार नेपालमा भित्रिने रेमिटेन्सको करीब ३० प्रतिशत अर्थात करीब रु.२ खर्ब २० अर्ब रकम हुण्डीलगायतका गैरकानूनी माध्यमबाट आउने गर्छ। तरपनि कानूनको अभावमा यसको नियन्त्रण कठिन बनेको छ।

कारबाही गर्न कानून छैन

सरकारले हुण्डी कारोबारलाई अवैध घोषणा गरेपनि कारबाही गर्ने कानूनी व्यवस्था भने बलियो छैन। हुण्डी कारोबार गर्ने तौरतरिका फेरिइसक्दा पनि साढे पाँच दशक पुरानो विदेशी विनिमय ऐन, २०१९ का आधारमा मुद्दा चलाउने गरिएको छ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक दीर्घराज मैनाली स्पष्ट कानून नहुँदा हुण्डीका कारोबारीलाई कारबाही गर्न कठिन भइरहेको बताउँछन्।

कसरी हुन्छ हुन्डी कारोबार ?

नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्लका अनुसार नेपालमा रेमिट्यान्स औपचारिक र अनौपचारिक माध्यमबाट आउँनेगर्छ। त्यसरी अनौपचारिक माध्यमबाट भित्रिने रेमिट्यान्स हुन्डी हो। हुन्डी अन्तरदेशबीच पैसा कारोबार गर्ने अवैध तरिका पनि हो।

दुवै देशमा सम्पर्क व्यक्तिहरू राखेर यस्तो कारोबार हुने गरेको छ। नेपालबाट भारतमा पैसा पठाउन हुन्डीको भारतमा रहेको एजेन्टले नेपालको एजेन्टलाई खबर गर्छ। नेपालको एजेन्टलाई पैसा दिएपछि भारतको एजेन्टले आफ्नो व्यक्तिलाई पैसा उपलब्ध गराउँछ। यसबापत उनीहरूले केही प्रतिशत कमिशन लिने गर्छन्।

सरकारले विदेश जाँदा लैजान पाउने डलरको सीमा घटाएपछि डलरको माग बढेकाले हुण्डी कारोबार गर्नेहरू बढेको पूर्वडिआइजी मल्लको अनुभव छ। पछिल्लो समय अष्ट्रेलिया, जापान, दक्षिण कोरिया, अमेरिका, बेलायत लगायतका देशमा मात्र नभइ खाडी मुलुकहरूमा समेत हुण्डी कारोबारलाई आन्तरिक रेमिटेन्स च्यानलसँग जोड्ने क्रम बढेको छ। हुण्डी कारोबारमा रेमिट कम्पनी मात्र होइन, ट्राभल एजेन्सीहरू समेत संलग्न देखिन्छन्।

अर्थतन्त्रमा हुन्डीको प्रभाव

हुन्डी रेमिट्यान्स नै भएपनि यो अनौपचारिक माध्यमबाट आउने भएकाले रेमिट्यान्समा गनिंदैन। यसको मतलब हुन्डीले रकम आउने क्रमलाई घटाउँदैन। सरकारी तथ्यांकमा मात्रै नदेखिने हो। सरकारी कोषमा विदेशी मुद्रा आउँदैन।

यस्तो रकम डलरमा विदेबाट आउनुपर्ने भएपिन डल हुण्डी एजेण्टको हातमा पर्ने हुँदा अनौपचारिक क्षेत्रबाट आएको रेमिट्यान्सले सरकारी कोषमा विदेशी मुद्राको सञ्चिति घटाउँछ। यसले अनधिकृत व्यापार व्यवसाय गर्ने व्यक्तिलाई अबै कारोबारमा सघाउँदा राज्य बदनाम हुने तथा कमजोर हुने खतरा बढाउँ भने राजश्व छली बढाउँदा अर्थतन्त्रलाई समेत कमजोर बनाउँछ।

जानकारहरुका अनुसार, हुण्डी कारोबार नियन्त्रण गर्न सरकारले नीति नै परिमार्जन गर्नु आवश्यक छ। हुण्डी कारोबार रोक्न कडा कानुन र त्यसको कडाइका साथ कार्यान्वयन एउटा मात्र उपाए हो। तर, पुरानै कानुनको भर पर्नु र त्यही कानुनका ‘लुपहोल’ खोजेर धन्दा गर्नेविरुद्ध सरकार कडा रुपमा प्रस्त्त नहुनु विडम्बना हो।

भिडियो रिपोर्ट : कार्यक्रम खोजखबरमा पु्रा हेर्नोस्