जापानको योकोहो शहरमा रेल र ट्रक ठोक्किंदा रेल चालकको मृत्यु

title
बिहिबार, भदौ १९, २०७६

एजेन्सी । जापानको योकोहो शहरमा एउटा रेल र ट्रक एक आपसमा ठोक्किंदा एकजनाको मृत्यु भएको छ भने तीस जना बढी घाइते भएका छन् । फलफूल बोकेको एउटा ट्रक केइक्यू एक्सप्रेस रेलसँग ठोक्किएपछि आगो लाग्दा रेलमा सवार तीस जना यात्रु घाइते भएका हुन् ।

प्रहरी अधिकारीका अनुसार ट्रकका ६७ वर्षीय चालकको उपचारका क्रममा मृत्यु भएको छ । रेल ट्रयाकमा आएको ट्रकलाई देखेपछि रेल चालकले गति कम गर्ने क्रममा ठोक्किएर पल्टीएको थियो ।

रेलमा पाँच सय जना यात्रु सवार थिए । दुर्घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।