दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि

दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि
बिहिबार, भदौ १९, २०७६

काठमाडौं । दूधको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि भएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले भदौ २१ गतेबाट लागु हुनेगरी दूधको मूल्य ६ रुपैयाँ बढाउने निर्णय गरेको हो ।

अब दूधको मूल्यमा प्रतिलिटर ७६ रुपैयाँ पर्नेछ । यसअघि ७० रुपैयाँ लिटरमा दूध किनबेच हुने गरेको थियो । महंगीका कारण किसानको लागत बढेसँगै दूधको मूल्य बढेको दुग्ध विकास संस्थानले जनाएको छ ।

दूधको मूल्य बढाउन किसानले पटक पटक दबाब दिदै आएका थिए । तर मन्त्रालयले यसबारेमा सरोकारवालासँग परामर्श गरेर दुधको मूल्य बढाउन निर्णय गरेको हो ।