एसीसी अन्डर नाईन्टीन एसीया कप क्रिकेटमा नेपाल श्रीलङ्कासंग पराजित

एसीसी अन्डर नाईन्टीन एसीया कप क्रिकेटमा नेपाल श्रीलङ्कासंग पराजित
शनिबार, भदौ २१, २०७६

श्रीलङ्कामा जारी एसीसी अन्डर नाईन्टीन एसीया कप क्रिकेट प्रतियोगिताको शुक्रबार भएको खेलमा नेपाल श्रीलङ्कासंग पराजित भएको छ ।
श्रीलङ्काको राजधानी कोलोम्बोको आर. प्रेमदास अन्र्तराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा श्रीलङ्काले नेपाललाई ५ विकेटले हराएको हो । टस जितेर व्याटिङ रोजेको नेपालले निर्धारित ४२ ओभरको खेलमा ९ विकेट गुमाउदै १५९ रन बनाएको थियो ।

१६० रनको लक्ष्य लिएर जवाफी व्याटिङमा उत्रिएको श्रीलङ्काले ३३ ओभर चार बलमा पाँच विकेट मात्र गुमाएर लक्ष्य पूरा ग¥यो । नेपालले प्रतियोगिता अन्तर्गतको दोस्रो खेलमा आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार हुने तेस्रो खेल युएईसँग हुनेछ