भारतको चन्द्रयान-२ सम्पर्कविहीन भएपछि मोदीले गरे सम्बोधन

title
शनिबार, भदौ २१, २०७६

चन्द्रयान– २ मार्फत् चन्द्रमामा पठाइएको विक्रम ल्याण्डरलाई सुरक्षित रुपमा चन्दमामा अवतरण गराउने क्रममा विक्रमसँगको सम्पर्क टुटेको छ ।

चन्द्र धरातलबाट २ दशमलव १ किलोमिटरमाथि रहँदा सम्पर्क टुटेको थियो । यसबाट भारतीय चन्द्रयान अभियानअन्तर्गत विक्रमलाई सुरक्षित चन्द्र धरातलमा अवतरण गराउने योजना असफल भएको देखिएको छ ।

यसबारेमा इसरोमा प्रत्यक्ष अवलोकन गरेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वैज्ञानिकहरुलाई ‘होप फर द बेस्ट’ भनी हौसला बढाएका थिए । विक्रम ल्याण्डर सफलतापूर्वक अवतरण हुन सकेको भए भारत चन्द्रमामा यान अवतरण गराउन सक्ने चौथो राष्ट्र बन्ने थियो ।