नेपालको सेमिफाइनल यात्रा समाप्त

title
आइतवार, भदौ २२, २०७६

काठमाडौं । नेपाल एसीसी यू–१९ एसिया कप क्रिकेटको दोस्रो खेलमा समेत पराजित भएपछि नेपालको सेमिफाइनल यात्र समाप्त भएको छ ।

आज भएको दोस्रो खेलमा नेपाल बंगलादेशसँग ६ विकेटले पराजित भएसँगै सेमिफाइनलको यात्रा समाप्त भएको हो ।

श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा नेपालले दिएको २६२ रनको लक्ष्य पछ्याएको बंगलादेशले ४९ ओभर २ बलमा ६२ रन बनायो ।

नेपालका लागि कमलसिंह ऐरीले दुई विकेट लिए । त्यस्तै राशिद खान र हरिबहादुर चौहानले समान एक–एक विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ६१ रनको बनाएको थियो । नेपालका लागि सन्दीप जोरा र पवन सराफले अर्धशतक बनाए । सन्दीपले ३३ बलमा अर्धशतक पूरा गर्दा ५६ रन बनाउँदै तानजिम हसनको बलमा क्याच भए ।

पवनले सर्वाधिक ८१ रनको योगदान दिए । रित गौतम ३२ रन, कुसल मल्ल २८ रन, र कप्तान रोहित कुमार पौडेलले १४ रन बनाए । भिम सार्की २१ रन, रासिद खान ६ तथा कमलसिंह ऐरीले ९ रन बनाए ।