लभ डायरिजको रिलिज मिति सर्यो, कार्तिक १५ गते हलमा

लभ डायरिजको रिलिज मिति सर्यो, कार्तिक १५ गते हलमा
सोमवार, भदौ २३, २०७६

काठमाडाैँ । असोज ३ मा प्रदर्शन हुने भनिएको चलचित्र लभ डायरिज अब कात्तिक १५ मा प्रदर्शन हुने भएको छ । निर्माण टिमले छठ पर्वलाई लक्षित गरेर नयाँ मिति सार्वजनिक गरिएको जनाएको छ ।

सौरभ चौधरीले निर्देशन र साहिल खानले सहनिर्दशन गरेको चलचित्र लभ डाइरिजको एक गीत भने यसअघिनै सार्वजनिक गरिएको थियो ।

प्रेमकथानक चलचित्र लभ डायरिजमा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् ।

मधु बास्तोलाको कथा र पटकथा रहेको चलचित्रलाई साहिल खानले सह–निर्देशकको काम सम्हालेका छन् । विनोद सापकोटा निर्माता रहेको चलचित्रमा सरोज तुलाधरको सह–निर्माण छ ।