नदेज्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित

नदेज्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित
सोमवार, भदौ २३, २०७६

काठमाडौं । नदेज्दा कप महिला फुटबलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । किर्गिस्तानको काराकोलस्थित सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपाली महिला टोली २–० गोल अन्तरले पराजित भयो ।

खेलको पहिलो हाफमा १–० ले पछि परेको नेपाली टोली दोस्रो हाफमा खेलमा फर्किन नसक्दा थप एक गोल खान पुग्यो । पहिलो खेलमा भने किर्गिस्तानलाई ८–० ले पराजित गरेको नेपालले दोस्रो खेलमा हार व्यहोरेको हो ।

अब नेपालले तेस्रो खेल भोलि ताजकिस्तानसँग खेल्नेछ ।