क्रेडिट कार्डको पैसा नतिर्ने पनि अब कालोसूचीमा

title
मङ्लबार, भदौ २४, २०७६

काठमाडौं– अबदेखि क्रेडिट कार्डबाट ऋण चलाएर नतिर्नेहरुलाई कालोसूचीमा राखिने भएको छ ।

गैरकोषमा आधारित सुविधा वा क्रेडिट कार्डबाट भएको कर्जाको हकमा कर्जा शिर्षकमा लेखाङ्कन भएको ९० दिन नाघेमा कालोसूचीमा समावेश गर्नु पर्ने ब्यवस्था गरिएको छ।

अबदेखि १ लाखमाथिको क्रेडिट कार्डको सूचना कर्जा सूचना केन्द्रलाई दिनु पर्ने भएको छ। बैंकबाट ऋण लिएर त्यो पैसा अर्को ब्यक्तिलाई ऋण दिन नपाइने भएको छ। यदि यस्तो भेटिएमा त्यसलाई खराब ऋणमा परिवर्तन गर्नु पर्ने छ।