नेकपा प्रदेश २ को सपथग्रहण समारोहमा विवाद, अध्यक्ष र सचिवमाथि हातपात

नेकपा प्रदेश २ को सपथग्रहण समारोहमा विवाद, अध्यक्ष र सचिवमाथि हातपात
मङ्लबार, भदौ २४, २०७६

मनोज झा मुक्ति
महोत्तरी । महोत्तरीको बर्दिवास नगरपालिकास्थित बर्दिवास सेवा समितिको हलमा भएको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रदेश २ को सपथ ग्रहण समारोहमा विवाद देखिएको छ । प्रदेश समिति र असन्तुष्ट पक्षविच विवाद चुलिएको हो ।

विवादले केहि समय उग्ररुप लिदा सभाहल भित्रै कुर्सीहरु तोडफोड गरिएको छ भने प्रदेश अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेलमाथी हातपातकै प्रयास समेत गरिएको छ । असन्तुष्ट पक्षले आफुहरुले हातपात नै गरेको प्रतिकृया दिईरहदा प्रदेश समितिको तर्फबाट हातपात नभएको तर केहि साथीहरु असन्तुष्ट रहेकोमा समितिको वहुमत छलफल गरिहरेको जनाएको छ ।

यता विवादले उग्ररुप लिदा भएको अफरातफरीको क्रममा पार्टीकै नेता देवनाथ यादव घाईते भएका छन । उनको टाउकोमा तीन टांका लागेको असन्तुष्ट पक्षले बताएको छ । यता प्रहरीकै लाठीचार्जबाट उनी घाईते भएको असन्तुष्ट पक्षको दावी छ ।

हाल अवस्था सामान्य रहेपनि सचिव सुमन प्याकुरेल सभाहल भित्रै बसेका छन । उनी छलफलबाट आउने निर्णयले सपथग्रहण कार्यक्रम अहिले हुने वा नहुने टुंगो लाग्ने बताए । यता सभाहल वाहिर अझै असन्तुष्ट पक्षहरुले घेराबन्दी र नाराबाजी जारी राखेका छन ।

अहिले भरखरै प्रदेश समितिको निर्णय भन्दै सपथ ग्रहण कार्यक्रम हुने भएको छ । सपथ ग्रहण गराउन व्यापक रुपमा सुरक्षाकर्मी परिचालन गरिएको छ ।