रानीबारीमा स्याल रुँदै झाडिको खोजीमा, विरालो र मलसाप्रो रुख तिर चढ्दै, आपत परेकालाई कसले हेर्ने ?

title
बुधबार, भदौ २५, २०७६

काठमाडौ। विनायोजना बस्ती विकास हुने क्रम बढेका कारण जंगली जनावरको बासस्थान मासिदै गएको छ । जवनावरको बासस्थान मासिएका कारण जंगली जनावर बस्ती पसेका समाचारहरु आइरहेका हुन्छन् ।

ठुला जंगलमात्रै होइन, स–साना झाडी समेत बस्तीका कारण मासिएपछि अहिले स–साना झाडीमा बस्ने स्याल, वनविराला र मालसाप्रोको बासस्थान समेत मासिएको छ । काठमाडौको रानीवारी क्षेत्रमा रहेको झाडीको विनास हुादा झाडीमा बस्ने जनावरको बासस्थान समेत खोसिएको छ ।

रानीवारी क्षेत्रमा रहेको जंगल क्षेत्रमा रहेको बाटो मर्निङवाकका लागि समेत विकल्पका रुपमा रहेको थियो । बाटो विस्तारका लागि भन्दै काठमाडौा महानगरपालिकाले झण्डै २ करोड रुपैया विनियोजन गरेको भएपनि बाटो विस्तारको काम भने प्रभावकारी हुन सकेको छैन ।

स्थानीय मनमाया सैजुाले महानगरपालिकाले एक करोड ७५ लाख बजेट विनियोजन भएको भन्ने सुनेको भन्दै बाटो चाहीं जम्मा एक वित्ता बढाएको बताइन् । उनले भनिन्,‘ खै यो स्थानमा सुगर, प्रेसर, कब्जियत लगाएत विभिन्न रोगीहरुलाई एकमात्र राम्रो हिड्ने स्थान रानिबारी थियो त्यही पनि मान्छे हिड्दा समेत ठोक्किने बाटो बनाएको छ ।’

अर्का स्थानीय रामेश्वर यादवले दिउासो आउने मान्छेहरुले स्याल र वन विरालो र मल्साप्रोलाई ढुंगाले हिर्काउने गरेको बताए । उनले भने,‘झाडि भएको भए स्याल, मलसाप्रो, न्याउरी मुसो बस्न पाउाथे । तर, कुकुर पसाएर ति जनावरको दोहोलो काड्छन् । यो विषयमा हेर्ने स्थानिय वडाध्यक्ष, मेयर, वन्यजन्तुका नाममा काम गरेको भनेर कुर्लने संघ संस्था लगाएत अन्य जनप्रतिनिधिहरु कता छन् ?’

स्थानिय रामेश्वर बस्नेतको समेत उस्तै गुनासो छ । उनी भन्छन्,‘१ करोड ६० लाख रुपैयाँ रानीबारीलाई छुट्याइएको भनेपनि भने अनुसार काम हुन सकेको छैन ।’

रानीवारी क्षेत्रमा रहेको ढुंगेधाराको रकम समेत सदुपयोग हुन नसकेको बताएका छन् । रानीवारी क्षेत्रकी स्थानिय माया महर्जन भन्छिन्,‘ढुंगेधाराको पनि पानीको पैसा उठाएर खाएको छ । गरिवलाई बाटो हिड्दा पनि पैसा नै माग्छ । जंगल गयो कुम कुम ठोकिएर हिड्न पनि सकिदैन । पैसा आयो भन्छ के आयो आयो हामलाई थाहा छैन । मानिसहरु आएर कुकुर ल्याएर स्याल, वन विराले लखेडठ्छ । सरकार कहाा छ ? कुकुर ल्याउन बन्द गर्नुपर्‍यो । बाटो ठूलो बनाउनुपर्‍यो । झाडि बनाएर वन्य जन्तुलाई बाच्ने अधिकार दिनु पर्‍यो । कम्तीमा ४ वटा ट्वाइलेट बनाउनु पर्ने तर एउटा पनि छैन । अन्य स्थानको पार्कमा ५० बर्ष भन्दा लिदैनन् ।’

उनले थपिन्,‘स्याल, न्याउरीमुसा, विरालो लाई पनि बच्ने अधिकार छ । तर किन बाच्न दिइएन दिउासै कुकुर लगरे लखेट्ने गरिएको छ । के उनिहरुको बाच्ने अधिकार छैन ?’