बर्षा र पहिरोका कारण रुकुम पूर्व र पश्चिमका सडकको यात्रा जोखिमपुर्ण

title
बिहिबार, भदौ २६, २०७६

रुकुम । बर्षा तथा पहिरोका कारण रुकुम पूर्ब र पश्चिमका सडकको यात्रा जोखिमपुर्ण बन्न थालेको छ । सुख्खा मौषममा धुलोका कारण ओहोर दोहोर गर्नै नसकिने सडक अहिले लगातारको झरिका कारण पार लगाउनै नसकिने हिलोले अस्तव्यस्त छ ।

स्थानीएका अनुसार यो रुकुमका ग्रामिण सडकको बर्षौंदेखिको समस्या हो । तर पनि सरोकारवाला कसैले चासो नदिएकाले जोखीम मोल्नुको विकल्प नरहेको स्थानीय रोबर्ट परियार, सुनिल पुन गुनासो गर्छन ।

यातायात व्यवसायीका अनुसार दांङ, सल्यान र रुकुम जोड्ने राप्ती लोकमार्गको हालत पनि उस्तै छ । रुकुम र सल्यानको सिमा क्षेत्र खौलादेखि मुसिकोट सम्म जताततै सडक बिग्रीएकाले चाडपर्वको समयमा दुर्घटनाको जोखीम बढेको यातायात व्यवसायी बताउंछन् ।

दांङ, सल्यान र रुकुम लगाएतका पहाडी जिल्लाका लाखौं सर्वसाधारण ओहोर दोहोर गर्ने महत्वपूर्ण सडक मर्मत तथा स्तरउन्नतीमा तिन वटै तहको सरकारले चासो नदिएको सर्वसाधारणको गुनासो छ ।