सिरहाबाट एक हप्ता नबित्दै २ कर्मचारी अख्तियारको फन्दामा

title
बिहिबार, भदौ २६, २०७६

गणेश साह । सिरहा । सिरहामा एक हप्ता नबित्दै अख्तियारको टोलिले दुई जना कर्मचारीलाई घुस सहित पक्राउ गरेको छ ।

सिरहा जिल्ला अदालतका सवारी चालकलाई घुस रकम सहित विहिवार अपरान्ह अख्तियारले पक्राउ गरेको छ । मंगलबार पनि विद्युत प्राधिकरण सिरहाका एक कर्मचारी छेदिलाल साहलाई ८० हजार घुस सहित पक्राउ गरेको थियो ।

जिल्ला अदालत सिरहाका न्यायधिसको सवारी चालक वृजमोहन यादवलाई सिरहाकै खड्का होटलबाट एक लाख १० हजार घुस रकम सहित अख्तियार दु?पयोग अनुसन्धान आयोग वर्दिवास महोत्तरी कार्यलयले पक्राउ गरेको हो ।

सेवाग्राहीसँग न्यायधिस मिलाएर मुद्दा जिताउने सर्तमा उनले घुस रकम लिएको अख्तियारले जनाएको छ । यादव सिरहा जिल्ला अदालतका ३ नम्वर न्यायधिशका सवारी चालक रहेको बुझिएको छ । पक्राउ परेका यादवलाई थप अनुसन्धानको लागि अख्तियार कार्यालय वर्दिवास लगिएको छ ।