अमेरिकाले गरेको प्रस्ताव अस्वीकार गर्न माग

title
बिहिबार, भदौ २६, २०७६

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी सांसद पम्फा भुषालले अमेरिकी दूतावासले सरकारसँग प्रस्ताव गरेको संयुक्त सैन्य अभ्यास अस्वीकार गर्न माग गरेकी छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकको बिशेष समयमा उहाले नेपालको असंलग्न परराष्ट्र नीति रहेको भन्दै विवादित इण्डो प्यासिफकअन्तर्गतको त्यस्तो तालिममा सहभागी हुन नहुने बताइन ।

अमेरिकन सेनालाई सशस्त्र प्रहरीसँग संयुक्त तालिम गर्ने प्रस्ताव गरिएको पत्रबारे सदनलाई जानकारी गराउन पनि उहाले सरकारसँग माग गरिन ।

असंलग्न परराष्ट्र नीति अवलम्बन गरेर अमेरिकी सेनासँग सैन्य अभ्यास गर्न नहुने उनको भनाई छ ।

यसअघि पनि यस्तै पत्र आउँदा रोकिएको भन्दै अहिले नयाँ मिति र स्थान राखेर पत्र आएको भन्दै यथाशक्य संयुक्त सैनय तालिमलाई अस्वीकार गनुपर्ने भुषालको तर्क छ ।

भुषालले सरकारसँग अमेरिकी दूतावासले नेपाल सरकारसँग स्पष्टिकरण माग्दैछ भन्ने कुरा बाहिर आएको भन्दै सो बारे पनि जानकारी माग गरिन ।