सिद्धार्थ राजमार्गमा पहिरोले पुरिएर १ जनाको मृत्यु

सिद्धार्थ राजमार्गमा पहिरोले पुरिएर १ जनाको मृत्यु
शुक्रबार, भदौ २७, २०७६

पाल्पा । सिद्धार्थ राजमार्गको बुटवल तानसेन सडक खण्ड अन्तर्गत सिद्धवावा क्षेत्रमा पहिरोमा परिएर १ जनाको मृत्युको छ भने ६ जना घाईते भएका छन । आज विहान साढे १० बजे वुटवलबाट तानसेन तर्फ जाँदै गरेको लु १ ज २६१७ नम्वरको जिपका चालक तिलोत्तमा नगरपालिका रुपन्देहीका २६ बर्षिय कमल परियारको मृत्यु भएको छ भने ४ जना घाईते भएका छन ।

पहिरोमा लु २ च ५९३८ नम्वरको निजी स्कारपियो जीप पुरिएको हो । स्कारपियो जिप पाल्पाबाट बुटवल तर्फ जादै थियो ।

जिपमा सवार घाईतेहरुको वुटवलस्थित लुम्विनी प्रादेशिक अस्पतालमा उपचार भैरहेको छ । सिद्धवावा ड्याम साईड हेड वक्स नजिकै दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा रुपन्देही तिलोत्तमा नगरपालिका वडा नंं २ का ३१ बर्षिय ललित मल्ल, गुल्मी पुर्तिघाट गाउँपालिका वडा नंं ३ का २२ बर्षिय प्रेम सुनार, वुटवल उपमहानगरपालिका नयाँ गाउँका मिलन शाह र सोही ठाउँका २० बर्षिय नरेन्द्र हमाल घाईते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । एक महिना अघि पनि यहि स्थानमा पहिरोमा परी एक जना मोटरसाईकल चालकको मृत्यु भएको थियो ।

रातभरी परेको पानीका कारण सिद्धवावामा पहिरो झरेको हो । पहिरोका कारण बन्द भएको सडक एकतफी रुपमा खुलेको पाल्पा प्रहरीले जनाएको छ ।