अब नयाँ टीमले भद्रगोल ल्याउने

अब नयाँ टीमले भद्रगोल ल्याउने
शुक्रबार, भदौ २७, २०७६

साउन लागेदेखि बन्द भएको चर्चित हांस्य टेलि श्रृङखला भद्रगोल आज (शुक्रबार)देखि प्रसारणमा आउने भएको छ । पुरानो टिमसंग कपि राइट अधिकारमा विवाद भएपछि बन्द भएको भद्रगोल अब नयाँ टिमसहित आउने भएको हो ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने भद्रगोल अब नक्कली बाबुराम बनेर चर्चा कमाएका ज्योति काफ्लेसहितको निर्देशनमा आउने भएको हो ।

दर्शक माझ निकै रुचाएको भद्रगोल टेलिफिल्मीलाई स्थापनाकालदेखि कै कलाकार ज्योती काफ्ले र अर्का बाहुन डनका भुमिका देखिएका अशोक धितालले संयुक्त रुपमा निर्देशन गर्ने छन् ।

यो कार्यक्रम शुक्रबार साढे ८ बजे प्रसारण हुने छ । काफ्ले भद्रगोलमा पहिलेकै चर्चित पात्र मङ्गल थारु बनेर आउनेछन् भने अशोक धिलात बाहुन डन बनेर आउनेछन ।

नयाँ टीममा काफ्ले र धितालसहित सुजित थापा, राधा श्रेष्ठ, राम बुढाथोकी, अनुमति नेपाली, राजु भुजेल, अर्जुन तिमिल्सिना आदि कलाकारहरुको अभिनय रहने छ ।