पाईलटले नपत्याएको वायु सेवा निगम

सरकारी जागिरले तानेन पाईलटलाई, निगममा ४० पाईलट आवश्यक

पाईलटले नपत्याएको वायु सेवा निगम
शुक्रबार, भदौ २७, २०७६

मेनुका श्रेष्ठ

नेपालको हवाई उड्यानका क्षेत्रमा ६१ वर्ष लामो इतिहास बोकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम समस्या नै समस्याले जेलिएको छ ।

सरकारले ५ वर्षअघि ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ सहुलियतपूर्ण ऋण लगानीमा चीनसँग खरिद गरेका ६ वटा जहाज काठमाडौं आईपुगेपछि शुरु भएको निगमको लगातार घाटा बेहोरेर सेवा सञ्चालन गरिरहेको छ ।

त्यसोत, राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम अहिले झण्डै ३७ अर्ब रुपैंया घाटामा छ । लगातारको घाटाका कारण उसले वाइडबडी विमान खरिद गर्ने क्रममा कर्मचारी सञ्चय कोषबाट लिएको ऋणको किस्तासमेत तिर्न सकेको छैन ।

करोडौं लगानीमा भित्र्याइएका अधिकांश विमान पाईलट तथा यात्रु नपाएर थन्किएका छन् । निगमसँग अहिले एयर बस ३३० (वाइडबडी), एयर बस ३२० (न्यारोबडी) चिनियाँ जहाज, ट्वीन अटर लगायतका विमान उडाउने ९२ जना चालक छन् । तर व्यवस्थापन गर्न नसक्दा राष्ट्रिय अथवा अन्तर्राष्ट्रिय दुबै सेक्टरको उडान नियमित छैन ।

नेपाल भ्रमण वर्षको मुखमा निगमले बंचे खुंचेको साख समेत गुमाएको छ । जवकी, कुनै समय जागिरका लागि हानाथाप पर्ने निगममा एअर वस ३३० उडानका लागि ११ जना विदेशी पाईलट करारमा कार्यरत छन् । निगमले पटक पटक पाईलट्का लागि दर्खास्त आह्वान गरेपनि जागीर खान कोहि ईच्छुक नभएको नेपाल वायु सेवा निगमका प्रवक्ता गणेश बहादुर चन्द बताउँछन् ।

निगम व्वस्थापनले पटक–पटक दरखास्त आह्वान गर्दापनि आवेदन नपरेपछि आवश्यक जनशक्ति करारमा राखेर विमान उडाई रहेको छ । जसअन्तगत अहिले २६ जना पाईलट करारमा छन् ।

वाईड वडिमा जस्तै एअरबस ३२० को नियमित उडानमा पनि समस्या छ । यो विमानका लागि निगमले २३ जना पाईलट राखेको छ । त्यस्तै बोईङ ७५७ न्यारो बडीका लागि निगमसंग ३ जना, मोडर्न आर्क (एम.ए) ६० जहाज उडाउने ४ जना पाईलट र ५ जना को–पाइलट छन् । दुर्गम रुटमा उडान भर्ने ट्वीन–अटर विमानका ५ जना पाइलट छन् ।

चीनबाट ल्याइएको वाई–१२–ई विमान उडाउने ५ जना पाइलट छन् । तर निगमले उपलव्ध जनशक्ति परिचालन र व्यवस्थापन गर्न नसक्दा कुनै पनि उडान नियमित छैनन् । यसरी आन्तरिक समस्यामा रहेको निगमलाई क्रियाशिल बनाउन निगमले महिनौंदेखि २१ जना पाईलट र १९ जना को–पाईलट खोजिरहेको छ । तर निगमको भविश्य माथि नेपाली पाईलटको विश्वास नै गुमेको छ ।

वायु सेवा निगममा भविष्य नदेखेर नेपाली पाइलट अनिच्छुक भएको वरिष्ठ क्याप्टेन वाईके भट्टराई बताउँछन् । निगम व्वस्थापनले पटक–पटक दरखास्त आह्वान गर्दापनि आवेदन नपरेपछि आवश्यक जनशक्ति करारमा राखेर विमान उडाई रहेको छ । जसअन्तगत अहिले २६ जना पाईलट करारमा छन् ।

यसरी निजी विमान सेवाको भन्दा राम्रो सेवा सुविधा भएर पनि वायु सेवा निगम प्रतिको विश्वास किन यति कमजोर भइरहेको छ त ? यो सरकारले सोच्नुपर्ने प्रश्न हो ।