संघीयता र गणतन्त्र बारे जनतामा भ्रम छर्ने प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ : नेकपा अध्यक्ष दाहाल

संघीयता र गणतन्त्र बारे जनतामा भ्रम छर्ने प्रवृत्तिको प्रतिवाद गर्नुपर्छ : नेकपा अध्यक्ष दाहाल
सोमवार, भदौ ३०, २०७६

काठमाडौ । सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहालले समाजवादप्रति दृढ संकल्प रहँदै संघीयता र गणतन्त्र बारे जनतामा भ्रम छर्ने प्रवृत्तिको प्रतिवाद गर्न आग्रह गरेका छन् ।

आज(सोमवार) नेकपा मुख्यालय धुम्बाराहीमा स्वर्गीय नेता पोष्टबहादुर बोगटीको स्मृतिमा आयोजित कार्यक्रममा उनले केही त्यस्ता तत्वहरूले जनतामा भ्रम छरिरहेको भन्दै सतर्क रहन र त्यसको प्रतिवाद गर्न आग्रह गरे ।

संघीय लोकतान्त्रिक गणतन्त्रका रुपमा समाजवादतर्फ अगाडि बढिरहेको यो ‘सिस्टम’ लाई कलिलैमा मास्नका लागि भ्रम, अराजकता, आतंकको वातावरण बनाउने प्रयासहरु हुन थालेको उनले बाताए । दाहालले ठूलो राजनीतिक परिवर्तनपछि संविधानसभाबाट संविधान जारी गरी मुलुक समृद्धिको दिशामा अघि बढेको भन्दै अबको यात्रा समाजवादकै भएको दोह¥याए ।

कार्यक्रममा नेकपाका वरिष्ठ नेता झलनाथ खनालले समाजवादको आधार तयार पार्न वैचारिक स्पष्टता, समर्पित, अनुशासित पार्टी संगठन र सुदृढिकरणको आवश्यकता रहेको बताएका छन् ।