केहीबेर चलेर फेरी अवरूद्द भयो संसद

केहीबेर चलेर फेरी अवरूद्द भयो संसद
सोमवार, भदौ ३०, २०७६

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग संसद खुलाउने विषयमा सहमति भएर खुलेको प्रतिनिधि सभाको बैठक पुनः अवरुद्ध भएको छ।

बाँके घटनालाई लिएर खजुरा नगरपालिका १ का वडाध्यक्ष सुमन मल्लविरुद्ध जाहेरी दर्ता गर्न सत्तारूढ दल सहमत भएपछि कांग्रेसले संसदको अवरोध हटाउन तयार भएको थियो ।

तर सहमतिपछि बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले बोलेपछि नेकपाका सांसदले आपत्ति जनाउँदै आन्दोलन गर्न समेत तयार रहेको चेतावनी दिएपछि कांग्रेसले सदन अवरुद्ध गरेको हो ।