पत्रकार पक्राउको कांग्रेसद्वारा विरोध, विनासर्त रिहा गर्न माग

पत्रकार पक्राउको कांग्रेसद्वारा विरोध, विनासर्त रिहा गर्न माग
सोमवार, भदौ ३०, २०७६

काठमाडौँ । रेडियो नेपालमा धर्ना दिन पुगेका पत्रकार महासंघसहितका प्रेस युनियनका नेतामाथि सरकारले गरेको धरपकडको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध गरेको छ ।

रेडियो नेपालको क्षेत्रीय प्रशारण कार्यालय डोटीमा कार्यरत ३ जना पत्रकारलाई पदमुक्त गरिएको घटनाका विरुद्ध निरन्तर आन्दोलनमा रहेका नेपाल पत्रकार महासंघ र नेपाल प्रेस युनियनका नेताहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।

पत्रकार रामप्रसाद दाहाल, अजयवावु शिवाकोटी, जन्मदेव जैसी, यम विरही, दिलिप पौडेल, मिन बम, चक्र कुँवर, प्रकाश बम र योगेन्द्र बलायरलाई तत्काल रिहाई गर्न र डोटीका पदमुक्त गरिएका पत्रकारहरु प्रकाश बम, सुनिता रावल र चक्र कुँवरलाई यथाशीघ्र काममा वहाली गर्न नेपाली कांग्रेसले सरकारसँग माग गरेको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रेस विज्ञप्ती जारी गर्दै पक्राउ परेका सबैलाई रिहाई गर्न र पदमुक्त गरिएका पत्रकारलाई वहाली गर्न माग गरिएको छ ।