काठमाडौंको मौसम खराब हुँदा ७ वटा हेलिकोप्टर काभ्रेकाे धानबारीमा अवतरण (फाेटाेफिचर)

काठमाडौंको मौसम खराब हुँदा ७ वटा हेलिकोप्टर काभ्रेकाे धानबारीमा अवतरण (फाेटाेफिचर)
मङ्लबार, भदौ ३१, २०७६

रामसुन्दर आचार्य

काठमाडौं– खराब मौसमका कारण काठमाडौं आउँदै गरेका ७ वटा हेलिकोप्टर काभ्रको पाँच खाल र नेपालथोकमा आकस्मिक अवतरण गरिएको छ ।

काभ्रेको पाँचखाल ४ वटा र नेपालथोकमा ३ वटा हलिकोप्टर आकस्मिक अवतरण गरिएको काभ्रेका प्रहरी नायव उपरीक्षक दीपक गिरीले पुष्टि गरे ।

उनका अनुसार काभ्रेको पाँचखालमा मनाङ्ग एयरका २ वटा हेलिकोप्टर र सिम्रिक एयर र कैलाश एयरको एक–एक वटा हेलिकोप्टर अवतरण गरिएका छन् ।

त्यसैगरी काभ्रे र सिन्धुलीको सिमाना पर्ने नेपालथोकमा तीन वटा हेलिकोप्टर आकस्मिक अवतरण गरिएको डीएसपी गिरीले जानकारी दिए ।

पाँचखालमा अवतरण गरिएका चारवटै हेलिकोप्टरमा गरी विदेशी पर्यटक सहित २१ जना यात्रु रहेको उनले बताए । हेलिकोप्टर सोलुखुम्बुको लुक्लाबाट आएका हुन् ।