भारततर्फ लैजाँदै गरेको मटर बरामद

भारततर्फ लैजाँदै गरेको मटर बरामद
मङ्लबार, भदौ ३१, २०७६

हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ मल्हनियामा प्रहरीले छापा मारी गएराति पहेँलो मटर (केराउ) बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रकाश बस्नेतको नेतृत्वमा पुगेको टोलीले छापा मारी ठूलो परिमाणमा मटर बरामद गरेको हो । स्थानीय ३५ वर्षीय विनोद यादव र ३८ वर्षीय हरिप्रसाद यादवको घरमा प्रहरीले छापा मारी लुकाइराखेको एक हजार ७५० किलो मटर बरामद गरेको सप्तरी प्रहरीले जनाएको छ ।

विनोदको घरबाट २५ किलोका ३० बोरा र हरिको घरबाट २५ किलोका ४० बोरा मटर बरामद गरी आवश्यक कारवाहीका लागि आज तिलाठी बेल्ही भन्सार कार्यालयमा बुझाइने प्रहरी उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

विनोद र हरि घरबाट फरार रहेकाले पक्राउ पर्न नसकेका बताइएको छ । तेस्रो मुलुकबाट आयात गरिएको पहेँलो मटर भन्सार छलेर भारततर्फ लैजान तयारी अवस्थामा राखिएको बेला बरामद गरिएको प्रहरीको भनाइ छ ।