वर्षाका कारण हवाइजहाज आकाशमै होल्ड

वर्षाका कारण हवाइजहाज आकाशमै होल्ड
मङ्लबार, भदौ ३१, २०७६

काठमाडौँ । पानी परेपछि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको हवाइ उडानमा समस्या देखिएको छ । मौसममा खरावी आएपछि सोलुखुम्बुबाट काठमाडौँ उडानमा रहेका ८ वटा हेलिकप्टरहरु काभ्रेमा अवतरण गरेका थिए ।

सोमबारदेखि परेको वर्षाका कारण कतार एयरको जहाज समेत डाइभर्ट भएको थियो भने अन्य जहाज पनि आकाशमा होल्ड भइरहेका छन् । भारतको दिल्लीबाट आएको इण्डिगो एयरको जहाजसहित नेपाल एयरलाइन्सका विमानहरु समेत आकाशमै होल्ड भएका छन् ।

एयर इण्डिगोको जहाज ५ फन्को लगाइसकेको भएपनि माैसम र विमानस्थलमा ट्राफिक बढेका कारण अवतरण गर्न लामै समय लागेको छ ।

त्यसबाहेक आन्तरिक उडान समेत प्रभावित भइरहेको छ । मौसम विभागका अनुसार बिहिबारसम्म झरी पर्ने सम्भावना रहेको बताएको छ । मौसममा आएको खराबीले हवाई उडान समेत प्रभावित हुनसक्ने विभागले जनाएको छ ।