१८ वर्ष मुनिको साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा

१८ वर्ष मुनिको साफ च्याम्पियनसिप खेल्ने नेपाली टोलीको घोषणा
मङ्लबार, भदौ ३१, २०७६

काठमाडौं । शुक्रबारबाट शुरु हुन लागेको यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ ।

मंगलबार मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले २३ सदस्यीय घरेलु टोलीको घोषणा गरेका हुन् ।

साफ यू–१८ च्याम्पियनसिप असोज ३ गतेबाट १२ गतेसम्म काठमाडौंको हलचोकस्थित शसस्त्र प्रहरी बलको मैदानमा हुनेछ ।

नेपाली टोलीमा गोलकिपरमा विशाल सुनार, सूर्य अधिकारी र पुजन होना छन् भने डिफेन्डरमा विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नविन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अञ्जल महर्जन छन् ।

यस्तै, मिडफिल्डमा सिसिर लेखि, रोसन राना मगर, आकाश बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा छन् भने स्टाइकरमा व्रिजेश चौधरी, सन्चु गुरुङ, कैलाश लामिछाने, दर्शन गुरुङ र मनिष डाँगी छन् ।

नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको शुरुवात गर्नेछ । नेपालको समूहमा माल्दिभ्स, भुटान छन् । नेपाल यस अघिका दुवै संस्करणको च्याम्पियन टिम हो ।