क्यारीले प्रदर्शनकारीसँग वार्ता गर्ने

क्यारीले प्रदर्शनकारीसँग वार्ता गर्ने
मङ्लबार, भदौ ३१, २०७६

काठमाडौं । हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले प्रदर्शनकारीसँग वार्ता गर्ने बताएकी छिन् ।

हङकङमा प्रदर्शनले हिंसा चर्किएपछि त्यसलाई रोक्नुपर्ने भन्दै कार्यकारी प्रमुख ल्यामले आँउदो हप्ता प्रदर्शनकारीसँग वार्ता गर्ने बताएकी हुन् ।

उनले प्रदर्शनकारीसँग राजनीतिक, सामाजिक तथा आर्थिक विषयमा छलफल गर्ने बताएकी छिन् ।

छलफलपछि लामो समयदेखि हङकङमा चल्दै आएको आन्दोलनको अन्त्य हुने पनि कार्यकारी प्रमुख ल्यामले विश्वास व्यक्त गरेकी छिन् ।

हङकङमा विगत तीन महिना अघि देखि प्रदर्शन भइरहेको छ । प्रदर्शनका क्रममा प्रहरीसँग झडप हुँदा सयौँ प्रदर्शनकारीहरु घाइते भएका छन ।