बेलायती प्रधानमन्त्री बोरिसको निर्णयविरुद्ध मुद्दा

बेलायती प्रधानमन्त्री बोरिसको निर्णयविरुद्ध मुद्दा
मङ्लबार, भदौ ३१, २०७६

काठमाडौं । संसद निलम्बन गर्ने बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको निर्णयविरुद्ध विपक्षी सांसदहरुले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन ।

बेलायती प्रधानमन्त्री जोनसनको संसद निलम्बन गर्ने निर्णय अवैध भएको विपक्षी सांसदहरुले दावी गरेका छन ।

विपक्षी सांसदहरुले दायर गरेको मुद्धा बारे अदालतमा सुनुवाइ हुने तय भएको छ । तर प्रधानमन्त्री जोनसनले आफ्नो संसद निलम्बन गर्ने निर्णय वैध भएको दावी गर्दै आएका छन् ।

प्रधानमन्त्री जोनसनले गत सेप्टेम्बर नौ तारेखमा औपचारिक रुपमा पाँच हप्ताका लागि संसद निलम्बन गरेका थिए ।

उनले अक्टोबर ३१ तारेखमा बेलायतलाई युरोपेली संघबाट छुट्टाएरै छाड्ने बताएका छन् । यसका लागि आफ्नो नयाँ नीति तथा कार्यक्रम प्रस्तूत गर्न संसद निलम्बन गर्न आवश्यक रहेको जोन्सनको दावी छ ।

संसद अक्टोबर १४ तारेखदेखि पुनः सञ्चालन हुनेछ ।