अक्करको भीरबाट अरुण नदीमा गाडी खस्दा ६ जना बेपत्ता

अक्करको भीरबाट अरुण नदीमा गाडी खस्दा  ६ जना बेपत्ता
बुधबार, अशोज १, २०७६

संखुवासभाको खाँदबारीबाट बिरामी लिएर धरान जादै गरेकोे बोलेरो अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

गए राति धर्मदेवी नगरपालिकाको अक्करको भीरबाट को १ ज ३७४९ नम्बरको बोलेरो गाडी अरुण नदिमा खसेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

गाडी चालक सन्तोष विकसहित खाँदबारी–९, का प्रमेश थापामगर र उनकी भाउजु कल्पना थापामगर बिरामी दुई महिनाको समिर श्रेष्ठ, उनका बुबाआमा संगम श्रेष्ठ र सदीक्षा श्रेष्ठ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने गर्दा अक्करको भीरबाट गाडी अरुण नदीमा खसेको थियो ।

रातको समयमा दुर्घटना भएका र अरुण नदीमा बाढी आएका कारण उनीहरुको खोजी कार्यमा समस्या भएको छ ।