नेपाल वायुसेवाले ज्येष्ठ नागरिकलाइ भाडामा ५० प्रतिशत छुट दिने

नेपाल वायुसेवाले ज्येष्ठ नागरिकलाइ भाडामा ५० प्रतिशत छुट दिने
बुधबार, अशोज १, २०७६

काठमाडौं । नेपाल वायु सेवा निगमले ७० वर्ष माथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ ।

आजदेखि लागू हुने गरी ज्येष्ठ नागरिकलाई आन्तरिक हवाई भाडामा ५० प्रतिशत छुट उपलव्ध गराउने निर्णय भएको निगमका प्रवक्ता गणेशबहादुर चन्दले जानकारी दिए ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने घोषणा गरेका थिए ।

त्यही घोषणा कार्यान्वयन गर्ने क्रममा निगमले बिहीबारदेखि लागू हुने गरी यस्तो निर्णय गरेको प्रवक्ता चन्दले बताए ।