बाँके घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग

बाँके घटनामा संलग्नलाई कारबाही गर्न कांग्रेसको माग
बुधबार, अशोज १, २०७६

काठमाडौ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बाँके घटनामा संलग्नलाई कारबाही गर्ने प्रतिवद्धता सरकारले जनाउनुपर्ने जनाएको छ ।

सिंहदरबारमा बुधबार बसेको काग्रेस संसदीय दलको बैठकले बाँके घटनामा संलग्नलाई कारबाही नभएस्म्म काग्रेसले बिरोधलाइ जारी राख्ने निर्णय गरेको हो । कांग्रेस संसदीय दलको बैठकले आफूले दिएको जाहेरीअनुसार कारबाही गर्ने प्रतिवद्धता सरकारबाट आउनुपर्ने अडान अघि सारेको छ ।

राष्ट्रियसभा संसदीय दलका नेता सुरेन्द्रराज पाण्डले जाहेरी दर्ता भएको भन्दै त्यसअनुसार कारबाही गर्ने प्रतिवद्धता आउनुपर्ने बताउनुभयो । राष्ट्रिय जागरण अभियान अन्तर्गत बाँकेको खुजारा नगरपालिका २ सीतापुरमा भएको कार्यक्रममा नेकपा कार्यकर्ताले आक्रमण गर्दा बाँके सभापति किरण कोइरालाको हात भाँच्चिएको छ ।

वडा नम्बर १ का वडाध्यक्ष सुमन मल्लको निर्देशनमा आक्रमण भएको भन्दै कांग्रेसले ज्यान मार्ने उद्योगमा जाहेरी लिएको छ ।