हरियाणामा एकै परिवाका ५ मारिए

हरियाणामा एकै परिवाका ५ मारिए
सांकेतिक तस्वीर
बुधबार, अशोज १, २०७६

काठमाडौं । भारतको हरियाणा राज्यमा एकै परिवारका ५ सदस्य मारिएका छन् ।

हरियाणा राज्यको झज्जर शहरस्थित एक निर्माणाधिन भवनमा एकै परिवारका दुई महिला सहित ५ जना मृत भेटिएका हुन् ।

झज्जर शहरको सेक्सन ६ मा रहेको भवनमा उनीहरु काम गर्ने गरेको हरियाणा प्रहरीले जनाएको छ ।

मध्य प्रदेशबाट काम गर्न आएका ती कामदारहरुको धारिलो छुरा प्रहार गरी हत्या गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुको टाउकोमा गम्भीर चोट लागेको पनि प्रहरीले जनाएका छन् । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरुको नियोजित ढंगले हत्या गरिएको थियो ।

घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।